झापा, कात्तिक १० । दोस्रो गोरख भेट्रान्स कपको उपाधि पूर्वेली भेट्रान्स बिर्तामोडले जितेको छ ।

सूर्योदय नगरपालिका–५ समालबुङस्थित सामसुङ मेमोरियल खेलमैदानमा संचालन भएको प्रतियोगिताको फाइनलमा दमक भेट्रान्स दमकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै विर्तामोडले उपाधि जितेको हो ।उपाधिसंगै विर्तामोडले ७० हजार रुपैया प्राप्त गरेको छ । उपविजेता दमकले ३५ हजारमा चित्त बुझाएको छ ।

निर्धारित समयमा दुवै टिमले ३–३ गोल बराबरी खेलेका थिए । खेलमा अग्रता विर्तामोडले बनाएको थियो । तेस्रो मिनेटमा कप्तान दिनेश चौधरीले विर्तामोडलाई अग्रता दिलाए ।१० औ मिनेटमा दमकका दिपेन गिरीले खेल बराबरी गरे । २२ औ मिनेटमा कर्ण लिम्बूले बिर्तामोडलाई फेरि अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा चन्द्र गिरीले खेल बराबरी गरे । सातौ मिनेटमा आशिष सुब्बाले दमकलाई अग्रता दिलाउँदा बिर्तामोड कर्ण लिम्बूले २१ औ मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच दमकका कप्तान अजेन तुम्बापो घोषित भए । सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका गोलरक्षक रुपक गुरुङ र सर्वाधिक गोलकर्ता बिर्तामोडकै प्रेम लिम्बू घोषित भए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्