झापा, कात्तिक १० । झापा अर्जुनधारा –६ का एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ ।

अर्जुनधारा– ६ बस्ने फागुलाल चौधरीका जेठा छोरा ४१ वर्षीय डम्बरलाल चौधरीको शंकास्पद मृत्यु भएको हो । उनी अर्जुनधारा ६ पुलचोकको ठूले मुर्मूको घरमा आज दिउँसो करिव ३ बजे सिकिस्त अबस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनका काका पाण्डवलाल चौधरीले बताए ।

विष सेवनबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । आफैले विष सेवन गरेको वा अरुले विष सेवन गराएको भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले घरधनी मुर्मूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्