झापा,कात्तिक १२ । झापाको बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने मागदावी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्