झापा , कात्तिक १३ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित इलाम तिल्केनीका कौशल तामाङ पक्राउ परेका छन् ।

गएराति ९.२०बजे इलाम नगरपालिका– ८ गोलाखर्कमा झापादेखि इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ज ३९३७ नं को गाडीलाई चेकजाँच गर्दा तिल्केनी बस्ने १८ वर्षीय तामाङको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्