बिर्तामोड, कात्तिक १४ । नेपाली सेनाको अरिदमन गण चारआलीमा एक कार्यक्रमका बीच सयजना अन्तिम दलेल कवाज भई पास आउट भएका छन् ।

चारआली ब्यारेकमा उनीहरु सैन्यबाट सिपाही दर्जामा पदोन्नति भएका हुन् । नेपाली सेनामा रिक्त रहेको दरबन्दीमा पदपूर्ति गर्ने क्रममा उनीहरु भर्ना भएका थिए । गत पुष १७ गतेदेखि अरिदमन गण चारआली ब्यारेकमा ती सयजना सैन्य जवानलाई समावेश गरी संचालन भएको सि.सं. ९ सैन्य आधार तालिमको एक विशेष कार्यक्रम आयोजना गरी अन्तिम दलेल कवाज भई पास आउट भएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।

अन्तिम दलेल कवाजमा सैन्य जवानहरुले उत्कृष्ट कवाज प्रदर्शन गरेका थिए ।नम्बर २१ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी प्रज्ज्वल रायमाझीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

सैन्य आधार तालिममा सैन्य जवान राजकुमार मोक्तान प्रथम भए । अन्य विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई समेत प्रमुख अतिथिबाट पुरस्कार वितरण भएको थियो ।

तालिम समापन गरेका नवआयुक्त सिपाहीहरुलाई प्रमुख अतिथि महासेनानी रायमाझीले बधाई तथा शुभकामना दिएका थिए । गौरवशाली इतिहास बोकेको नेपाली सेनाका नयाँ सदस्यहरु पास आउट भएसंगै नेपाली सेनाको दरबन्दी पुरा गर्न विभिन्न युनिटमा नियुक्ति भएको अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्