बिर्तामोड, कात्तिक १५ । न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोडको रेड स्टार एफसीले जितेको छ ।

हिजो बिर्तामोड–७ खोपबारीको सुन्दर निचाझोडा वनको सुन्दरडाँडा खेलमैदानमा भएको फाइनल खेलमा हल्दिबारीको जलथल एफसी हराउँदै रेड स्टार च्याम्पियन बनेको हो ।

उपाधिसँगै रेड स्टारले नगद ५१ हजार, आकर्षक ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित जलथलले नगद ३१ हजार र ट्रफीमा चित्त बुझायो ।निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा रेड स्टारले जलथललाई ४–३ गोल अन्तरले हरायो ।

फाइनल खेलको प्लेयर अप द म्याच रेड स्टारका प्रविन सिटौला भए । उनले नगद २ हजार र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर विजेता रेड स्टारका विप्लव गुरुङ, उत्कृष्ट डिफेन्डर जलथलका आयुष तामाङ, उत्कृष्ट मिल्डफिल्डर रेड स्टारका असिम कार्की, उत्कृष्ट फरवार्ड जलथलका मनिष योङहाङ भए ।प्रतियोगिताको उच्च गोलकर्ता बबिन बोहोरा भए भने उदीयमान खेलाडी आयोजक न्यु स्टारका अभिषेक राई र उत्कृष्ट प्रशिक्षक रेड स्टारका सरोज कार्की भए । उनीहरुले नगद तीन हजार र ट्रफी पाए ।
सर्वोत्कृष्ट खेलाडी बनेका रेड स्टारका राजकुमार कन्दङवाले ट्रफीसहित नगद ५ हजार पाए ।

विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बू, बिर्तामोड ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेल, वडा नम्बर ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङवालगायतले पुरस्कार वितरण गरेका थिए ।कार्यक्रमको सञ्चालन क्लबका सचिव सरोज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्