झापा, कात्तिक १५ । कनकाई वडास्तरीय दशैतिहार कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले जितेको छ ।

हिजो सम्पन्न फाइनल खेलमा वडा नं ३ ले वडा नं ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै कनकाई ३ ले नगद ७१ हजार रुपैँया प्राप्त गर्यो भने उपबिजयी हुने टिम वडा नं ५ ले नगद ३५ हजारमा चित्त बुझायो ।

कनकाई ३ का लागि क्षितिज कुँवर नायक बने । सबै खेलमा म्यान अफ द म्याच बन्न सफल कुँवरले फाइनल खेलको १९ औ मिनेटमा सुन्दर गोल गर्दै टिमलाई बिजयी बनाए । क्षितिज फाइनलको खेलको पनि म्यान अफ द म्याच हँुदै नगद १५ सय प्राप्त गरे ।

बिजयी तथा उपबिजयी हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांंसद एलपी साँवा लिम्बू, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी , संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, आयोजक समितिका ख्याम ओली, आशिष संग्रौला, नविन सुवेदीलगायतले नगद र ट्रफी प्रदान गरेका थिए ।

कनकाई माविको खेलमैदानमा गत कात्तिक ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितालाई होटल डिलाईट र भूतपूर्व अमेरिकी सैनिक आशिष संग्रौलाले आयोजना गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्