कुमरखोद,कात्तिक १५ । कप्तान श्याम मुर्मूको ह्याट्रिकको मद्धतले राजगढ एफसी झापा गाउँपालिकामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विजयी भएको छ ।

लियो एफसी दमकसंग भएको खेलमा ३–० को फराकिलो गोलको अन्तरले राजगढ एफसी विजयी भएको हो । खेल शु्रु भएको २ मिनेटमै राजगढका कप्तान जर्सी नं. ११ का श्याम मुर्मूले पहिलो गोल गरेका थिए ।त्यस्तै दोस्रो हाफमा खेलको ४५ र ४८ औं मिनेटमा उनले थप २ गोल गरी आफ्नो टीमलाई शानदार जीत दिलाएका हुन् । आजको खेलको म्यान अफ द म्याच राजगढकै कप्तान मुर्मू घोषित भए ।

प्रतियोगितामा ए र वी समूह गरी आयोजकसहित ८ वटा टीमले भाग लिएका छन् । प्रतियोगितामा आयोजक जोरमाई यवा क्लव , बाह्रदशी ११ , गतिशील युवा क्लव बैगुनधुरा , के.एफ.सी. बिर्तामोड, राजगढ एफसी , लियो एफसी दमक , नागरिक स्पोर्टस एकाडेमी गौरादह र गेरबाबा एफसी अर्जुनधाराको सहभागिता रहेको क्लवका अध्यक्ष हेमकुमार राजवंशीले बताए ।

भोलिको खेल आयोजक जोरमाई युवा क्लव र के.एफ.सी. विर्तामोडवीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्