झापा , कात्तिक १६ । जबरजस्ती करणी मुद्धाका एकजना फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका ३ बस्ने ३० वर्षीय कृष्ण थेबे रहेका छन् । उनलाई हिजो बेलुका ६ बजे बुद्धशान्ति ३ बुधवारे बजारबाट इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्धामा थेबेलाई झापा जिल्ला अदालतले २०७५ फागुन ५ गते ११ वर्ष कैद सजाय सुनाएको थियो । उनलाई आबश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्