झापा, कात्तिक १६ । झापा कचनकवल– १ घेरावारीका एक व्यक्तिको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको छ ।
घेरावारी बनियानीभिट्टाका ४८ वर्षीय रामबहादुर दर्जीको कात्तिक ९ गते मलेसियामा मृत्यु भएको हो । विगत ७ वर्षदेखि मलेसियामा काम गर्दै आएका दर्जी रक्तचापका बिरामी थिए ।
उनको शव नेपाल झिकाएर आज स्थानीय जमुना खोलामा अन्त्येष्टि गरिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । मृतकका श्रीमती टंकमाया दर्जी तथा दुई छोरा र एक छोरी रहेका छन् ।