झापा, कात्तिक १६ । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले बिर्तामोड नगरका बन्धुहरुका घरमा यस बर्ष पनि देउसीभैलो कार्यक्रम सञ्चालन गरेको छ ।
नगर समितिले नगरभित्र रहेका दशनामी बन्धुहरुको घरमा मर्दापर्दा सहयोग गर्ने उद्धेश्यले केही बर्ष अघिदेखि देउसीभैलोका रुपमा आर्थिक संकलन गर्दै आएको छ ।
कोरोना महामारीका कारण २ बर्षदेखि स्थगित देउसीभैलो अर्थात कोषका लागि आर्थिक सहयोग संकलन कार्यक्रमलाई नगर समितिले यस बर्ष पनि निरन्तरता दिएको समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए ।
समाजले यस बर्ष तीनदिने देउसीभैलोका रुपमा कोषका लागि आर्थिक संकलन कार्यक्रम आयोजना गरेको अध्यक्ष खड्गराजले बताए ।
बिहीवार, शुक्रबार र शनिवार बिर्तामोड नगरका दशनामी बन्धुहरुको घर–आँगनमा पुगेर भेटघाटसहित देउसीभैलोको रुपमा आर्थिक संकलन गरिने नगर सचिव प्रजित पुरीले बताए ।