झापा, कात्तिक १६ । राजवंशी समाज विकास समिति कचनकवलले कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीलाई सम्मान गरेको छ ।
कचनकवल– ३ आमवारीस्थित राजवंशी समाज विकास समितिको भवनमा कार्यक्रम गरी सोही ठाउँ घर भएका राज्य मन्त्री राजवंशीलाई समितिले सम्मान गरेको हो । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता राजवंशी समाज विकास समिति कचनकवलका अध्यक्ष उपेन्द्रप्रसाद राजवंशीले गरेका थिए ।
सोही सामुदायिक भवनमा तिहार(गरुवाँसी), छठ र एकादशी पर्वको शुभकामना आदानप्रदान तथा हुदुरधुरा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।