झापा , कात्तिक १७ । हङकङमा संचालन भइरहेको २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

आज दिउँसो भएको खेलमा १ सय २४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा समेटिएपछि ४० रनले पराजित भएको हो ।
नेपालका लागि रसिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जीसीले १३ रनको योगदान दिए । अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
टस जितेर फिल्डिङको निर्णय गरेको नेपालका सबै बलर श्रीलंकासामु निरिह साबित भए । ६ ओभरको प्रतियोगितामा श्रीलंकाले २ विकेटको नोक्सानीमा १ सय २३ रन बनाएको थियो । श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५०, कप्तान निहुरु मधुशंकाले अविजित ३१ र लाहिरु समाराकुनले २२ रनको योगदान दिएका थिए । नेपालका लागि प्रतीश जीसी र नारायण जोशीले १÷१ विकेट लिए ।
यसअघि पुल ‘बी’ मा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराउँदै नेपाल समूह विजेता बनेको थियो र क्वाटरफाइनलको यात्रा तय गरेको हो ।