झापा, कात्तिक १९ । सेल पकाउनेक्रममा झापा अर्जुनधाराकी एक महिला घाइते भएकी छन् ।
शनिवार गाई पूजाको दिन दिउँसो ४ बजे सेल पकाउने क्रममा अर्जुनधारा ९ की ३७ वर्षीया बुद्धिमाया विश्वकर्मा घाइते भएकी हुन् । आफ्नै घरमा सेल पकाउने क्रममा चुल्होमा आगो बाल्न दाउरा झिक्ने हुँदा हातमा रहेको झिरले उनको आँखा घोचेको थियो ।
घाइते बुद्धिमायालाई उपचारका लागि उनका श्रीमान छविलाल विश्वकर्माले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लिएर गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।