झापा,कात्तिक १९ । झापा गाउँपालिकामा जारी १९ औ खुल्ला नकआउट फुटबल प्रतियोगितामा गतिशील युवा क्लव बैगुनधुरालाई हराउँदै आयोजक जोरमाई युवा क्लव फाइनलमा प्रवेश गरेको छ ।

आज भएको फाइनल खेलमा टाइब्रेकरमा ५–४ गोलको अन्तरले हराउँदै आयोजक विजयी भएको हो । निर्धारित समयसम्म दुवै टीमका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि निर्णयका लागि टाइब्रेकर खेलाइएको थियो । आजको खेलको म्यान अफ द म्याच आयोजकका मनोज राई घोषित भए ।
भोलिको दोस्रो सेमिफाइनल खेल गेरबाबा एफसी अर्जुनधारा र राजगढ एफसीबीच हुने आयोजकले जनाएको छ ।