झापा, कात्तिक २० । बैंकिङ कसुर मुद्धामा फरार रहेकी झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुल बस्ने अन्दाजी ५८ वर्षीया मुना श्रेष्ठ पक्राउ परेकी छन् ।
कात्तिक १८ गते साँझ ७ बजे उनकै घरबाट श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
बैंकिङ कसुर मुद्धामा श्रेष्ठलाई उच्च अदालत पाटनको २०७३ जेठ २७ गतेको फैसलाले १ दिन कैद र २ लाख२० हजार जरिवाना र सोही अदालतको २०७९ साउन २३ गतेको फैसलाले १८ दिन कैद र ५ लाख जरिवाना तोकेको थियो ।