झापा , कात्तिक २० । झापाको दमकमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आज बिहान ११ बजे दमकको पूर्व बसपार्कमा इलाम चुलाचुली –५ बस्ने ४२ वर्षीय राजेन्द्र राईलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ४ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्