कुमरखोद,कात्तिक २० । स्थानीय जोरमाई युवा क्लबको आयोजनामा झापा गाउँपालिकामा जारी १९ औं खुल्ला नकआउट फुटवल प्रतियोगितामा राजगढ एफसीलाई हराउँदै गेरबाबा एफसी अर्जुनधारा फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा २–० गोल अन्तरले हराउँदै गेरबाबा एफसी विजयी भएको हो । खेल शुरु भएको पहिलो हाफको १९ औं मिनेटमा गेरबाबा एफसीका जर्सी नं ८ का पारस कार्कीले पहिलो गोल गरी खाता खोलेका थिए । त्यसैगरी गेरबाबा एफसीका अर्का खेलाडी जर्सी नं. १५ का विशाल दर्जीले पहिलो हाफको ३० औं मिनेटमा अर्को गोल गरी आफ्नो टीमलाई शानदार जित दिलाएका हुन् । आजको खेलको म्यान अफ द म्याच गेरबाबा एफसी अर्जुनधाराका पारस कार्की घोषित भए ।

अवको फाइनल खेल कात्तिक २२ गते गेरबाबा एफसी अर्जुनधारा र आयोजक जोरमाई युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष हेमकुमार राजवंशीले बताए ।

प्रतियोगितामा ए र वी समूह गरी आयोजकसहित ८ वटा टीमले भाग लिएका थिए । प्रतियोगिताका विजेता टिमलाई ६५ हजार नगद र उपविजेता टिमलाई ३५ हजार नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजवंशीले बताए । त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक , उत्कृष्ट डिफेन्डरले जनही तीन हजार नगद र मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव नवराज बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्