बिर्तामोड, कात्तिक २० । रेडस्टार फुटबल क्लब बिर्तामोडका संस्थापक उपाध्यक्ष ज्ञानेन्द्र राउतको ५४ वर्षको उमेरमा निधन भएको छ ।

बिर्तामोडको कृषिथोक रोडस्थित गणेश मार्केटका संचालकसमेत रहेका व्यवसायी राउतको दिल्लीस्थित विएको म्याक्स हस्पिटलमा उपचारका क्रममा हिजो निधन भएको हो । मेचीनगर–१० स्थित गोलाबारीमा स्थायी बसोबास गर्दै आएका राउतलाई सुगर र मुटुमा समस्या भएपछि उपचारका लागि दिल्ली लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शव भोलि बिहान नेपाल ल्याइने र भोलि नै दिउँसो कन्काई माईमा अन्त्येष्टि गरिने परिवारलाई उद्धृत गर्दै रेडस्टार फुटबल क्लबका सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए । उनी राउत क्षेत्री सेवा समाज झापाका सल्लाहकार पनि रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्