झापा , कात्तिक २० । पछिल्लो समय भारतबाट मलद्वारमा लागूऔषध लुकाएर ल्याउने क्रम बढ्दो छ ।

प्रहरीले सीमा नाकामा धेरैजनालाई मलद्वारमा लागूऔषध लुकाएर ल्याउँदा पक्राउ गरिसकेको छ । यसक्रममा आज बिहान ९ः३० बजे काँकरभिट्टा स्थित पुरानो मेची पुल अगाडी सडकमा लागूऔषध व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ सिटी सफारीमा आइरहेका शिवसताक्षी १ बस्ने २७ वर्षीय पुकार तामाङ पक्राउ परेका छन् ।

उनलाई शंका लागेर शरीर तलासी लिँदा मलद्वारमा लुकाई राखेको अवस्थामा प्लाष्टिकसहित ७ ग्राम ६४० मिलिग्राम, ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्