झापा, कात्तिक २१ । पाँचथर फाल्गुनन्द –३ पौवासारताप बस्ने ३६ वर्षीया धनमाया राई (नेम्बाङ) ले आफैले सिक्कलले घाँटी रेटेकी छन् ।

हिजो बिहान अन्दाजी १० बजे सागर नेम्बाङकी श्रीमती धनमायाले आफ्नै घरको किचनमा काम गर्दै गरेको अवस्थामा सिक्कल प्रयोग गरी आफैले घाँटी रेटेकी हुन् ।
गंभीर घाइतेलाई जिल्ला अस्पताल इलाम ल्याइएकोमा त्यहाँ उपचार संभव नभएपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।