झापा, कात्तिक २१ । गत असोज १२ गतेको बाढीले क्षति पु¥याएको काबेली कोरिडोर प्रसारण लाइन पुनर्निर्माण सकिएको छ । इलामको माई खोलामा आएको बाढीले प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पु¥याएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र काबेली कोरिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाको संयुक्त प्रयासमा प्रसारण लाइन पुनर्निर्माण गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो । निरन्तर मेहनतका साथ १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले जानकारी दिए ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा रहेका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । ती आयोजनाबाट असोज १२ देखि विद्युत् उत्पादन बन्द थियो । प्राधिकरण र निजी क्षेत्रले संयुक्त नमुनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जालगायतका सामग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेको कार्कीले जानकारी दिए । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए । काबेली कोरिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेँसीमा चार वटा टावरलाई माई खोलाको बाढीले क्षति पु¥याएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्