झापा, कात्तिक २१ । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिव साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ ।

छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेका हुन् । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् ।

झापा जिल्लाको एकमात्र केरा बजार कृषि थोकमा इलामको दानावारी , महमाई , झापाको खुदुनावारी , शनिश्चरेलगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ ।त्यहाँबाट झापाका विभिन्न ठाउँसंगै विराटनगर र काठमाडौसम्म केरा आपूर्ति हुने गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ । ब्रतालुहरुको संख्या थपिदै गएपछि केराको माग बढेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्