झापा,कात्तिक २१ । मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका थिए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा सुटुक्क जापान उडेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन गएको बताइएको छ । अधिकारीले आफू निजी भ्रमणमा गएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्