झापा, कात्तिक २१ । मोरङको रंगेलीमा पर्खालले किचेर आज साँझ एक नाबालिकाको मृत्यु भएको छ।

साँझ ५ः२५ बजेतिर इँटाको पर्खाल ढलेर किच्दा रंगेली नगरपालिका–८ निचामारीका कसरलाल ताजपुरियाकी २ वर्षीया छोरी शोभा ताजपुरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार कुल मन्दिरलाई बार लगाउन घरसँगै टाँसेर बनाइएको पर्खाल ढलेर खेल्दै गरेकी नाबालिकालाई किचेको हो।

गम्भीर घाइते भएकी नाबालिकालाई बुवा कसरलालले उपचारका लागि रंगेली अस्पताल ल्याएका थिए। अस्पताल पुर्याउनसाथ साँझ ५ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जोशीले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्