झापा, कात्तिक २२ । छठ पर्वको मुख्य दिन ब्रतालुहरुले आज साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन् ।
झापाका विभिन्न नदी , खोला र पोखरीहरुमा बनाएको घाटहरुमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका हुन् । छठका प्रसादहरु ठकुवा, केरा, भुस्वा, मिठाई, उखु, अदुवालगायतका प्रसाद पालै पालो पानीमा भिजाएर ब्रतालुले पानीमा उभिएर अस्ताउँदो सूर्यलाई चढाएका छन् ।
पवित्र जलाशयमा स्नान गरी छठका प्रसाद हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । भोलि शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ । झापाको मेची , बिरिङ , निन्दा , कन्काई , अधुवा , रतुवा , देउनिया, घाग्रालगायतका नदी र खोलामा छठ पुजा गर्ने र हेर्नेको घुँइचो लागेको छ ।