बिर्तामोड,कात्तिक २३ । क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको झापाको बिर्तामोडमा विमोचन भएको छ ।

लेखक बुढाथोकीको चार बर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको शुक्रवार बिर्तामोडमा एक समारोहका बिच विमोचन गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासीलगायतले ‘याङरुप’ उपन्यासको विमोचन गरेका हुन् ।

विमोचन समारोहमा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. बद्रीबिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा. बालचन्द्र सुब्वाको आतिथ्य रहेको थियो । डा. कुमार सुवेदीले स्वागत र रिता पोखरेलले लेखकको परिचय दिएको कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गरेको साहित्यकार तथा अग्रज पत्रकार केशव आचार्यले जानकारी दिए । कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरुले बिभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्