झापा, कात्तिक २४ । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार खेपेको छ ।

युएईको द सेभेन रङ्गशाला शनिबार भएको खेलमा नेपाल युएईसँग १३ रनले पराजित भयो । लगातार तेस्रो जितसँगै युएई तीन खेलमा ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । पराजित नेपाल समान खेलबाट चार अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
यसअघि युएई र नेपाल दुवैले थाइल्यान्ड र कुवेतलाई हराएका थिए । जितका लागि एक सय २३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय नौ रनमा समेटिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्