बिर्तामोड, कात्तिक २४ । विषादिको सही प्रयोग गर्न सिकाएर बेचबिखनको व्यवसाय गर्ने बिर्तामोडका एकजना एग्रोभेट संचालकले नै मुसा मार्ने विषादि सेवन गरी आत्महत्या गरेका छन् ।
बिर्तामोड बसपार्कमा भट्टराई भेट फर्मा संचालन गर्दै आएका बिर्तामोड ८ का ४३ वर्षीय जीवननाथ भट्टराईले हिजो बिहान ११ बजे मुसा मार्ने विषादि सेवन गरेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भट्टराई नेपाल पशुपन्छी औषधी व्यवसायी संघ कोशी प्रदेशका सदस्य रहेका थिए । उनको एग्रोभेट बिर्तामोडमै राम्रो संचालन भइरहेको थियो ।