झापा , कात्तिक २४ । झापाको हल्दिवारी– १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा मृत शिशु फेला परेको छ ।
कसैले शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशंका गर्दै महिलाको खोजी शुरु गरिएको छ । आज दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हो ।
सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको हल्दिवारी १ का वडाध्यक्ष देवी थापाले बताए । उनले शिशुलाई शौचालयमा फालेर भाग्ने महिला चाँडै फेला पर्ने जानकारी दिए ।