झापा, कात्तिक २४ । नेपाल पूर्व प्रहरी सङ्गठन भद्रपुर नगरको तीन वर्षे कार्यकालका लागि अम्विका पोखरेलको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
सङ्गठनले शनिबार भद्रपुरमा आयोजना गरेको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाले समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा चन्द्र सुवेदी, उपाध्यक्षमा माया तामाङ भट्टराई, सचिवमा राजकुमार थापा, सहसचिवमा वालकृष्ण तिम्सिना, कोषाध्यक्षमा ललनप्रसाद यादव र सहकोषाध्यक्षमा कौशिला सिंजाली चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शान्ति थेवे, केशवराज कटवाल, अभिकेशर चौलागाँई, राजु क्षेत्री, कृष्णकुमार प्रधान, सुधिर ठाकुर र बौधमान खड्का रहेका छन् । बाँकी एकजना सदस्य कार्यसमितिले मनोनयन गर्ने जनाएको छ ।
सभाले रुद्र चुडालको संयोजकत्वमा पदमबहादुर अधिकारी, इन्द्रबहादुर बानियाँ, सोमहरि तिम्सिना र लक्ष्मी नेम्वाङ रहनेगरी आर्थिक र डिगबहादुर वुढाथोकी संयोजक रहने गरी कानुनी परामर्श समिति चयन गरेको छ ।
त्यसैगरी धनप्रसाद सिवाकोटीको संयोजकमा नारायणप्रसाद ढकाल, इन्द्रप्रसाद भट्टराई, भुपालमान कार्की र रमा चुडाल अधिकारी सदस्य रहनेगरी सल्लाहकार समिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक डिगबहादुर बुढाथोकीले घोषणा गरेका थिए ।
जेष्ठ सदस्य अविरबहादुर मुखियाको अध्यक्षतामा भएको बन्दसत्रले डिगबहादुर वुढाथोकीको संयोजकमा नारायणप्रसाद ढकाल र रमेश पराजुली सदस्य रहनेगरी निर्वाचन मण्डल गठन गरिएको थियो । नवनिर्वाचित समिति तथा उपसमितिलाई संयोजक वुढाथोकीले सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले सवैको साथ र सहयोगको अपेक्षासहित प्रतिवद्धता मन्तव्य राखेका थिए ।
नगर अध्यक्ष ढाकालाल अधिकारीको सभापतित्व एवम जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साङ्गठानिक ,आर्थिक र राहत कोष प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अविरबहादुर मुखिया र सुनमाया थापालाई सङ्गठनको जेष्ठ सदस्य सम्मान साथै सङ्गठनमा आर्थिक सहयोग गरेवापत इन्द्रबहादुर बानियाँलाई दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो ।
उपाध्यक्ष पदम अधिकारीले स्वागत तथा सचिव केदारबहादुर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष अभिचन्द्र रिजाल, कानुनी सल्लाहकार संयोजक समरबिक्रम राई, पूर्व जिल्ला अध्यक्ष खेमकुमार कार्की, मेचीनगर अध्यक्ष अमिन अली शेख, कचनकवल अध्यक्ष देउमान वुढाथोकी, निवृत्त राष्ट्रसेवा भद्रपुर सचिव खड्गबहादुर वुढाथोकी, कानुनी सल्लाहकार सदस्य डिगबहादुर वुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।भद्रपुर नगरक्षेत्रमा २ सय एक जना सदस्य रहेको सङ्गठनले जनाएको छ ।