झापा , कात्तिक २५ । झापाको हल्दिवारी– १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पहिचान गरेको छ ।
सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो । उनी बिर्तामोड १० की भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भइनसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । हिजो दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हो ।