झापा , कात्तिक २६ । करिव एक साताअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा हल्दिबारी गाउँपालिका वडा न.२ बस्ने अन्दाजी २१ वर्षीय सुमन मर्डीको गएराति मृत्यु भएको छ ।

गत कात्तिक १८ गते साँझ ७.१५ बजे भद्रपुर नगरपालिका वडा न.१० त्रिवेणी टोलमा धनुषमोडबाट केन्द्रमोडतर्फ आउँदै गरेको मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मर्डी घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । घाइतेको अवस्था गम्भीर हुँदै गएपछि सोही दिन राति ९ः३० बजे बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँबाट कात्तिक २३ गते थप उपचारको लागि आफन्तले भारततर्फ लिएर गएका थिए ।

उपचार सम्भव नभएको भनी घरमा ल्याई राखेकोमा कात्तिक २५ गते न्युरो अस्पताल बिराटनगर लगेर सामान्य उपचारपश्चात पुनः घरैमा ल्याएका थिए । गएराति १२.३० बजे उनको घरैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्