झापा , कात्तिक २६ । आगामी मंसिर १६ गते कन्काई ६ मा हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार घोषणासहित सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमबहादुर गिरीले कन्काई ६ को वडाध्यक्ष पदको निर्वाचनका लागि तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेका हुन् । उनले स्थानीय स्तरबाट सर्वसम्मत रुपमा बस्नेतलाई सिफारिस गरिएको र त्यसलाई जिल्ला हुँदै केन्द्रले अनुमोदन गरेको जानकारी दिए ।

उम्मेद्वारी घोषणा कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल , केन्द्रीय सदस्य तथा ३ नं क्षेत्रीय इन्चार्ज हरिबहादुर राजवंशी ,झापा जिल्ला कमिटी इन्चार्ज रोमनाथ ओलीलगायत केन्द्र ,प्रदेश ,जिल्ला र नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा उपनिर्वाचनका लागि चम्पापुर चोकमा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्