चारआली, कात्तिक २६ । झापाको मेचीनगर –१३ चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसले  सोमवार चारजनालाई सम्मान गरेको छ ।

क्याम्पसको १७ औं क्याम्पस सभाको अवसर पारेर प्राध्यापक र कर्मचारी गरी चारजनालाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ विवेक उप्रेती, मातृका पोखरेल र कर्मचारीतर्फ कार्यालय सहायक राजन कट्वाल र सह—लेखापाल प्रदिप चौधरी रहेका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष हरिचरण बानियाँ, क्याम्पस प्रमुख माधव प्याकुरेललगायतले दोसल्ला ओढाएर सम्मानपत्रसहित संयुक्तरुपमा सम्मान गरेका थिए ।

उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष बानियाँ, निवर्तमान अध्यक्ष सन्तोष न्यौपाने, दाताहरुका तर्फबाट दिलिप कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताएका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा क्याम्पस प्रमुख प्याकुरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्राध्यापक सावित्रा दाहाल भट्टराईले सञ्चालन गरेको उद्घाटन सत्रमा क्याम्पस सञ्चालक समिति सदस्य भक्त खेवाङले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्