झापा, कात्तिक २७ । बढ्दो इन्टरनेटको जोखिमलाई मध्यनजर गर्दै वर्ल्डलिंक कम्युनिकेसनले “अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार” सम्बन्धी विद्यार्थीहरुलाई सचेतना प्रदान गरेको छ ।

बिर्तामोड नगरपालिकाका दुई विद्यालयमा “अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार” सम्बन्धी सचेतनामुलक कार्यक्रम हिजो संचालन गरिएको हो । बाल्मीकि एजुकेशन फाउन्डेसन र कोहेड एजुकेशन फाउन्डेसनमा संचालित कार्यक्रममा २३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको सेल्स सुपरभाइजर सोमनाथ खतिवडाले बताए । कार्यक्रममा इन्टरनेटबाट हुने अपराध , अपराधबाट बाँच्ने उपाय र इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको उनले बताए ।