झापा , कात्तिक २७ । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ ।

गएराति १०.५० बजे हरिपुरस्थित प्रमोद खेरवारको गोठमा आगलागी हुँदा गोठसहित ४ वटा टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट तीन वटा गाई मरेको , दुईवटा २ घाइते भएको , ६ वटा बाख्रा खसी मरेको जनाइएको छ ।
त्यस्तै घरमा भएको कपडा, सामान र एक थान डिप फ्रिज नष्ट भएको छ । स्थानीय र प्रहरीले राति करिब २.१५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।