झापा, कात्तिक २७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरिसकेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो ।

उनका अनुसार कक्षा ११ र १२ को अङ्कन प्रणालीको परीक्षामा सहभागी भइ कुनै विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएको वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका जम्मा विद्यार्थी संख्या १४ लाख छ ।

परीक्षा नियन्त्रक शर्माले भने, “उच्च माध्यमिक शिक्षा परिषद् गठन भएपछि २०५५ सालदेखि नयाँ पाठ्यक्रम लागू भयो र २०५५ देखि २०७७ सम्म पुरानै प्रणालीबाट परीक्षा भइरहेको थियो । २०७८ सालदेखि नयाँ पाठ्यक्रम लागू भइसकेको विद्यार्थीले अहिले वार्षिक परीक्षामै जाँच दिन पाउँछन् ।”

उनका अनुसार धेरै विद्यार्थीले मौका परीक्षा दिने निवेदन आएकाले बोर्डले पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिन आवेदन खुलाउने निर्णय गरेको हो ।

उनले भने, “विद्यार्थीहरु धेरैले हामी जाँच दिन चाहन्छौं, मौका परीक्षा दिन पाउनप¥यो भनेर हामीकहाँ धेरै निवेदनहरु आए । तत्पश्चात् २०५६ देखि २०७७ सालसम्मका विद्यार्थीलाई यो पटक मौका परीक्षा दिने निर्णय ग¥यौं । त्यस्ता विद्यार्थी करिब १४ लाख छन् ।”

उनले हाल मौका परीक्षाका लागि आवेदन खुलाइएकोमा विद्यार्थीको संख्याको आधारमा परीक्षा सञ्चालनका लागि मिति तय हुने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्