झापा, कात्तिक २७ । उन्नाइस दिनअघि ट्रकको ठक्करबाट घाइते भएका कनकाई नगरपालिका–४ बस्ने ६१ वर्षीय टिकाराम धितालको उपचारका क्रममा मृत्यु भएको छ ।

गत कात्तिक ८ गते दिउँसो अन्दाजी १२ः४५ बजे कनकाई नगरपालिका वडा नं ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको मधेश प्र०१–००१ख ०३५४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गर्दा बाटो क्रस गर्दै गरेका साइकलयात्रीलाई धिताललाई ठक्कर दिएको थियो ।टाउको ,दाहिने खुट्टा, नाकमा चोट लागेर गंभीर घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएको थियो । गएराति ९.२० बजे धितालको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालक धादिङ धुनवेसी नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय यादब सुवाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय र साइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्