झापा, कात्तिक २९ । झापाको दमकमा बोलेरोमा ठक्करबाट एक युवक गंभीर घाइते भएका छन् ।

आज बिहान ५ः४५ बजे दमक –४ चिया दोकानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको मे १ ज ३३६३ नम्बरको बोलेरोले पैदलयात्री दमक –९ बस्ने १७ वर्षीय प्रज्वल श्रेष्ठलाई ठक्कर दिएको थियो । बायाँ खुट्टा भाच्चिएको, निधार र टाउकोमा चोट लागेर गंभीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि निम्स अस्पताल दमकमा लगिएको छ ।
बोलेरो र बोलेरो चालक पाँचथर मिक्लाजुङ – २ बस्ने ३० वर्षीय तिलबिक्रम खेजुमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।