झापा, कात्तिक २९ । आँखाको उपचार गर्नको लागि भारतबाट मेची आँखा अस्पताल आएका एक भारतीयको होटलमा सुतेको अबस्थामा मृत्यु भएको छ ।

मेची आँखा अस्पताल सैनिकमोेड आई बिर्तामोड– ३ मा बलराम खनालले संचालन गरेको आसाम भवन एण्ड लजमा कात्तिक २७ गतेबाट कोठा भाडामा लिई बस्दै आएका देश भारत सोनिकपुरका ५६ वर्षीय रामबहादुर भुजेल ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान ७.३० बजे भुजेल ओछ्यानमै मृत अवस्थामा रहेको उनको साथमा ५६ वर्षीय धनबहादुर लामाले जानकारी गराएका थिए । प्रहरी चौकी बिर्ताबजारबाट टोली खटिएर सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्