झापा, कात्तिक २९ । झापा मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।

आज बिहान अन्दाजी ६ः३० बजे मेचीनगर वडा नं. १० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नांगै जीवित नवजात शिशु (बालिका)लाई कमिलाले टोकिरहेको रक्ताम्य अबस्थामा मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पारेकी थिइन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १ बजे अधिकारीले ती नवजात शिशु ल्याई जिम्मा बुझाएकी थिइन् । सामान्य अबस्थाका ती शिशुलाई मेचीनगर –१० न. वडा कार्यालयमार्फत फेला पार्ने महिलालाई सरक्षणको लागि जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्