झापा , मंसिर १ । झापाको बाह्रदशी गाउँपालिका –५ मा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
आज राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै अन्दाजी २७ वर्षीय मोहन राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।