झापा, मंसिर २ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिनेशकुमार थान्दार (दिवेश) ले उम्मेदवारी दर्ता गरेका छन् ।

मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि थान्दारले पहिलो उम्मेदवारी दर्ता गराएका हन् । ग्रामथानमा नेपाली काँग्रेसबाट बलराम सरदार, नेकपा (एमाले) बाट तुलसीराम विश्वास, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझीले उम्मेदवारी दिने निर्णय सम्बन्धित पार्टीहरूले गरेका छन् ।

एमालेले दिउँसो १ बजे, काँग्रेसले दिउँसो २ बजे र माओवादी केन्द्रले दिउँसो २ः३० बजे उम्मेदवारी दर्ता गर्ने समय लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्