झापा , मंसिर २ । बसको ठक्करबाट एकजना छात्राको मृत्यु भएपछि आक्रोशित भीडले आज साँझ इटहरीमा यात्रुबाहक बसमा आगजनी गरेका छन् ।
दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका हुन् । आगजनीबाट बस पूर्णरूपले जलेको छ ।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।
बस चालक खनार ट्राफिक पोष्टको नियन्त्रणमा रहेको र इलाका प्रहरी कार्यालय इटहरीबाट गएको टोलीले आगो निभाएको प्रहरीले जनाएको छ ।