झापा , मंसिर ३ । भन्सार छलेर भारतबाट भित्र्याएको अवैध मदिरा बरामद प्रहरीले बरामद गरेको छ ।

गएराति ९.२५ बजे मेचीनगर –१० धुलाबारी चोकमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई नेपालतर्फ ल्याउँदैं गरेको ३३७ पिस वर्ल्ड मर्क मदिरा बरामद गरेको थियो ।

अन्दाजी १ लाख ३६ हजार ९५६ रुपैयाँ बराबरको सो मदिरा आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्