झापा, मंसिर ५ । करिव डेढ महिना रिक्त रहेको बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मिलन भट्टराई आउने भएका छन् ।

झापा भद्रपुर– ४ महेशपुर निवासी भट्टराई इलामको सूर्योदय नगरपालिकाबाट आउने भएका हुन् । आफू केही दिनपछि बिर्तामोड नगरपालिकामा हाजिर हुने उनले बताए । भट्टराईलाई बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनका लागि सहमति पत्र दिइसकेको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले गत असोज १७ गते सरुवा लिएर जिल्ला समन्वय समिति भक्तपुर गएपछि उनको ठाउँ रिक्त रहेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज प्रभावित बनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्