झापा, मंसिर ६ । पदयात्रामा आएका एक जापानी नागरिकको लेक लागेर सोलुखुम्बुमा मृत्यु भएको छ ।

हिजो दिउँसो ४.२० बजे सोलुखुम्बु खुपागापा–४ गोक्योमा जापानी नागरिक ६२ वर्षीय मासायुकी कुबोको मृत्यु भएको हो । Saiyu Nepal Adventure and Trek Pvt Ltd कम्पनीमार्फत गोक्योस्थित गोक्यो री पिक भ्रमण गरी नमस्ते लज फर्कने क्रममा अचानक श्वास फेर्न गाह्रो भई उनको मृत्यु भएको गाइड वीरबहादुर तामाङले प्रहरीलाई जानकारी गराएका थिए ।

मृतकको शव घटनास्थलमै रहेको र शब उद्धारको लागि पहल भइरहेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्