झापा, मंसिर ६ । धान रुंग्नको लागि परालको टहरा बनाई सुतेका एक व्यक्तिको आगलागीमा परी संखुवासभामा मृत्यु भएको छ ।

टहरानजिक आफैले बालेको आगो सल्कन गई संखुवासभा चैनपुर– २ तिखिढुङ्गा बस्ने ४४ वर्षीय दुर्गाबहादुर अधिकारीको मृत्यु भएको हो । हिजो बिहान करिब १ः१५ बजे डढेर गम्भीर घाइते अबस्थामा फेला परेका अधिकारीलाई चैनपुर आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि धरान ल्याउने क्रममा बिहान ९.१५ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्