झापा, मंसिर ६ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी चौकी चिचिला संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद अधिकारीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रहरी सहायक निरीक्षक अधिकारीले गत कात्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका–४ का ४५ बर्षीय पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरीसहित पक्राउ गर्न सफल भएका थिए । त्यस्तै कात्तिक १८ गते चिचिला गाउँपालिका–३ बस्ने दुई व्यक्तिहरुवीच आपसमा विवाद हुँदा ढुङ्गा प्रहार गरी एक व्यक्तिलाई भिरबाट फालेको भन्ने सूचनाको आधारमा घटनास्थलमा खटिएर शव भीरमा अड्किएको अवस्थामा फेला पारी घटनामा संलग्न ४ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेको हुँदा सम्पादित कार्यको मूल्याङ्कन गर्दै प्रहरी सहायक निरीक्षक अधिकारीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।